एमालेले भन्यो- निर्वाचन समयमा हुनुपर्छ

`

     २०८२ फाल्गुन १२ गते २:३६

काठमाडौं, १२ फागुन । नेकपा एमालेले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सर्ने हल्ला चलाइएकामा आपत्ति जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा एमालेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाहीले अब निर्वाचन सार्ने कुरामा एमाले सहमत नभएको बताएका हुन् ।

‘अहिले निर्वाचन सर्ने जुन हल्ला चलाइएको छ । त्यसप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ,’ शाहीले भने, ‘पुन: दोहोर्‍याउन चाहन्छु– निर्वाचन समयमा हुनुपर्छ ।’

एमाले कुनै पनि बहानामा चुनाव सार्ने नभई फागुन २१ मै निर्वाचन हुनुपर्छ भन्ने पक्षमा अडिग रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?