जेनजी २.० ले रुपन्देहीमा विष्णु पौडेललाई समर्थन गर्ने

`

     २०८२ फाल्गुन १२ गते ९:१२

काठमाडौँ, फागुन १२ । जेन जी २.० ले फागुन २१ गतेको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई समर्थन गर्ने घोषणा गरेको छ।

देशव्यापी युवाहरूको संगठन बनाएको समूहले उम्मेदवारको क्षमताको आधारमा विभिन्न जिल्लामा विभिन्न दलका उम्मेदारहरुलाई साथ दिने रणनीतिअनुसार रुपन्देहीमा पूर्व अर्थमन्त्री रहेका पौडेललाई समर्थन गर्ने घोषणा गरेको हो।

भदौ २३ गतेको जेनजी आन्दोलनको अगुवाइ समेत गरेका उक्त समूहका प्रवक्ता अविन लिम्बुले कुनै राजनीतिक दलभन्दा पनि उम्मेदवारहरूको पृष्ठभूमि र क्षमताको आधारमा समर्थन र सहयोग गर्ने नीति अनुसार रुपन्देही क्षेत्र नं। २ मा विष्णु पौडेललाई समर्थन गरेको जानकारी दिएका हुन्।

उक्त समूहले सर्लाहीमा नेपाली कांग्रेसका सभापति गगन थापा र चितवनमा नेपाली कम्युनिस्ट पार्टीकी नेतृ रेणु दाहाललाई समर्थन गरेको लिम्बुले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?