एमालेको नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्सको दमकमा भेला

`

     २०८२ फाल्गुन ११ गते १:५१

काठमाडौँ, ११ फागुन । नेकपा एमालेको नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) को कोशी प्रदेशस्तरीय भेला झापाको दमकमा सोमबार हुँदैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सो भेलामा प्रदेशका विभिन्न जिल्लाका फोर्सका कार्यकर्ता सहभागी हुने जनाइएको छ । फोर्सका कोशी प्रदेश संयोजक राजकुमार थापाका अनुसार करिब ५० हजार युवालाई दमकमा उतार्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?