धरान १०-के रनमा नरेन्द्र र सन्तोषीलाई प्रथम पुरस्कार

`

     २०८२ फाल्गुन ०९ गते १२:१२

काठमाडौँ । ‘शिक्षाको निम्ति च्यारिटी दौड’ नारासहित सम्पन्न १४ औं धरान १०–के रनको खुला पुरुषतर्फ नरेन्द्र सिंह रावत र महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भएका छन् ।

शनिबार सम्पन्न १० किलोमिटर दुरी रावतले ३१ मिनेट ५० सेकेन्डमा र श्रेष्ठले ३७ मिनेट ३६ सेकेन्डमा पार गर्दै विजेता बने । दक्षिण एसियाली म्याराथनकी स्वर्ण पदक विजेता तथा अन्तर्राष्ट्रिय हाफ म्याराथन पदक विजेता समेत रहेकी श्रेष्ठ यसअघि धरान रनको १३ औं संस्करणकी विजेता पनि हुन् ।

करिब ३ हजार ५ सय धावकको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ जुलियस मुरुकि वाहोमले ३१ मिनेट ५७ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो भएका छन् भने अमिर लिम्बु ३२ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भएका छ । महिलातर्फ पुष्पा शेर्माले ४१ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै दोस्रो तथा प्रिया क्षेत्रीले ४२ मिनेट ३ सेकेन्डमा तेस्रो स्थान हासिल गरेकी छन् ।

महिला र पुरुष दुवै विधाका प्रथम, दोस्रो र तेस्रो विजेताले क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगदसहित मेडल र ट्रफी प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?