एमालेको झण्डा जलाएको विषयमा निर्वाचन आयोगले के भन्यो ?

`

     २०८२ फाल्गुन ०८ गते ४:०६

काठमाडौँ, ८ फागुन । गएराति दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको विषयमा निर्वाचन आयोगले निर्णय नगरिसकेको बताएको छ ।

शुक्रबार आयोगको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सहायक प्रवक्ता सीता पुनले आयोगले आधिकारिक निर्णय गरिनसकेको बताइन् ।

‘निर्वाचन आचारसंहिता अथवा आचारसंहिता विपरीतका कार्य भए भने निर्वाचन कसुर सजाय ऐन अन्तर्गत रहेर निर्वाचन आयोगले कारबाही गर्ने हो । यस विषयमा अहिलेसम्म आयोगबाट निर्णय नभइसकेकाले यहाँ मैले थप बोलिरहनुपरेन’, पुनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?