प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा

`

     २०८२ फाल्गुन ०८ गते २:१४

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुगेकी छिन् ।

पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा सहभागी बन्न आएका विश्विद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१औँं विशेष सभाको अध्यक्षता गर्नेछन् । सभाले दीक्षान्त समारोहमा उपाधि पाउनयोग्य विद्यार्थीको ग्रेस लिष्ट पारित गर्नेछ ।

दीक्षान्त समारोहमा सहभागी बनी आजै प्रधानमन्त्रीले निर्वाचनका सम्बन्धमा प्रदेशस्तरीय सुरक्षा लगायतका विषयमा छलफल गर्ने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?