काठमाडौँ, ७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रको ठेक्का कसैले नलिन आग्रह गरेका छन् ।
‘लोकतन्त्र कुनै नेता तथा पार्टीले ठेक्का लिनुपर्दैन । लोकतन्त्र जनताले जोगाउँछन् । लोकतन्त्रप्रति हामीलाई विश्वास छ । जनता जागेको बेला कचकच गर्न पाइँदैन’, उनले भने, ‘हाम्रो वैदेशिक नीतिमा कसैले चिन्ता गर्नुपर्दैन ।




