झापा–५ मा एमालेको आक्रामक चुनावी प्रचार

`

     २०८२ फाल्गुन ०७ गते १:३९

काठमाडौं, ७ फागुन । नेकपा (एमाले) ले झापा–५ मा आक्रामक चुनावी प्रचार थालेको छ । अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको सो क्षेत्रमा एमालेले हिजोबाट निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरी नयाँ शैली अपनाएको छ । एमालेले कमल गाउँपालिकामा युवाहरूको मार्च पास कार्यक्रम आयोजना गरेको छ ।

झापा क्षेत्र नं. ५ अन्तर्गत पर्ने कमलका दुई अलग स्थानबाट मार्चपास शुरु भएको थियो । साविक लखनपुर खण्डका ५,६ र ७ का युवाहरूले लखनपुर चोकदेखि पाडाजुङ्गीसम्म एमालेको पक्षमा प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?