मेरो अन्तिम इच्छा के हो भन्ने कुरा २१ गते तपाईँले बोल्नुपर्ने छ:  रबि लामिछाने

`

     २०८२ फाल्गुन ०५ गते १:४६

काठमाडौं, ५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले आफूलाई सिध्याउने खोज्नेहरुलाई यही २१ फागुनमा जनताले जवाफ दिने बताएका छन् । उनले आफूलाई घेराबन्दी गरेर सखापै पार्न खोजिएको भएपनि नसकेको भन्दै अब जनताले हिसाब दिने बताए ।

आज चितवन–१ को चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लामिछानेले भने,‘हामीलाई त घेराबन्दी गरेका हुन्।उखेल्न खोजेका हुन्, लुछ्न खोजेका हुन्, मार्न खोजेका हुन्। मानसिक र भौतिक रूपमा सिद्ध्याउन खोजेका हुन्, सखाप गर्न खोजेका हुन्। मध्यरातमा बेडरुममा छिरेर ‘तेरो अन्तिम इच्छा के हो ? भनेर सोधेका हुन् मलाई। त्यतिखेर मैले त जवाफ दिइनँ। मेरो अन्तिम इच्छा के हो भन्ने कुरा २१ गते तपाईँले बोल्नु पर्ने छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?