काठमाडौँ, फाल्गुन ४ । निर्वाचन आयोगले सेतोपाटी अनलाइनलाई कारबाही गर्न भन्दै प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ ।
आइतबार (सेतोपाटी चुनाव विश्लेषण–१) शृंखलाअन्तर्गत (चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो) समाचार प्रकाशित भएको थियो । यस्तो, सोमबार सेतोपाटीमै (भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ) शीर्षकमा अर्को समाचार सार्वजनिक भएको थियो ।
यी समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले निर्वाचन आचारसंहिताविपरीत भएकाले आवश्यक कारबाही गर्न काउन्सिललाई सोमबार पत्राचार गरेको हो ।




