किम जोङले आफ्नी छोरीलाई उत्तराधिकारीका रूपमा छनोट गरे

`

     २०८२ फाल्गुन ०४ गते ११:३६

काठमाडौँ, फाल्गुण ४ । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी छोरीलाई उत्तराधिकारीका रूपमा छनोट गरेका छन् । किमले आफ्नी १३ वर्षीया छोरी किम जु एईलाई उत्तराधिकारीका रूपमा छनोट गरेको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ । जु एई पछिल्लो समयमा आफ्ना बाबुको उच्च तहका भ्रमणमा सहभागी भएकी थिइन् । सेप्टेम्बरमा किमको बेइजिङ भ्रमणका क्रममा उनी बाबुसँगै साथ थिइन्, जुन उनको पहिलो विदेश यात्रा थियो । सरकारी कार्यक्रममा पनि जु एईको बाक्लो उपस्थिति रहेको अनुभव गरिएको राष्ट्रिय गुप्तचर सेवा ९एनआइएस०ले जनाएको छ ।

एनआइएसले यो महिनाको अन्त्यमा हुने उत्तर कोरियाको पार्टी कंग्रेसमा उनी भाग लिने कि नलिने भन्ने कुरामा पनि नजिकबाट निगरानी राख्ने बताएको छ । पार्टी कंग्रेस उत्तर कोरियाको सबैभन्दा ठुलो राजनीतिक कार्यक्रम हो जुन प्रत्येक पाँच वर्षमा एकपटक आयोजना गरिन्छ । पार्टी कंग्रेसमा प्योङयाङले आगामी पाँच वर्षका लागि विदेश नीति, युद्ध योजना र आणविक महत्वाकांक्षाजस्ता प्राथमिकताका बारेमा थप विवरण दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?