काठमाडौँ, माघ २८ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभालाई स्वच्छ छविका जनप्रतिनिधिको थलो बनाउन आग्रह गरेकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अङ्गकै भएको बताइन्। कुनै पनि कार्यालयमा हुने अनियमितताका लागि सोही कार्यालयका प्रमुखलाई नै जिम्मेवार बनाइनुपर्ने उनको भनाइ थियो।






