कांग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सञ्चालन गर्ने

`

     २०८२ माघ २६ गते १:०६

काठमाडौं, माघ २५ । नेपाली कांग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सञ्चालन गर्ने भएको छ।

आज सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आमनिर्वाचनमा नेता कार्यकर्ता परिचालन गर्न फागुन १ देखि २१ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

कांग्रेसले निर्वाचन परिचालन निर्देशिका ०८२ पनि पारित गरेको छ। उक्त निर्देशिकामा २१ दिने अभियानसम्बन्धी विषय छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?