दुर्गा प्रसाईं काठमाडौंको चाल्नाखेलबाट पक्राउ

`

     २०८२ माघ २४ गते १:३३

काठमाडौं, माघ २३ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

प्रसाईंलाई प्रहरीले शुक्रबार दिउँसो काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी प्रविण धितालका अनुसार प्रसाईंलाई पक्राउ गरिएको छ।

उनीविरूद्ध साइबर ब्युरोमा उजुरी रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?