काठमाडौं, २२ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्कीलाई भेट्न ओली आज ९बिहीबार० विहान बालुवाटार पुगेका हुन् । सो क्रममा उनीहरुबीच निर्वाचनको तयारीको विषयमा छलफल भएको हो ।






