महेश बस्नेत भन्छन्:- उपत्यकामा कम्तिमा १० सिट एमालेले जित्छ

`

     २०८२ माघ २२ गते ३:५९

काठमाडौँ, २१ माघ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौँ उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उनले उपत्यकाका सबै सिट जित्नेगरी तयारी गरेपनि १० सिट जित्ने दाबी गरेका हुन् ।

अघिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धन र स्वतन्त्रप्रतिको क्रेजको कारण दुई सिटमा खुम्चिनुपरेको बताए । यसपटक मतदाताहरु एमाले नै ठिक रहेको भन्ने निष्कर्षमा पुगेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?