रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

`

     २०८२ माघ १९ गते २:४७

काठमाडौँ, १८ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट हेर्न नभ्याइने सूचीमा परेको छ । चौधरीको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?