काठमाडौँ, माघ १६ । बुढानिलकण्ठ जागरण अभियानको आयोजनामा सञ्चालन भएको काठमाडौँ क्षेत्र नं. ४ का उम्मेदवार अन्तरक्रिया कार्यक्रम आज कपन-१० नारायण चोक स्थित अतिथि क्याफेमा सम्पन्न भएको छ । जागरण अभियानका अध्यक्ष श्री विवेक अधिकारीको अध्यक्षमा भएको उम्मेदवार अन्तरक्रिया कार्यक्रममा रास्वपाका उम्मेदवार पुकार बमको प्रथम सहभागिता रहेको थियो ।
विभिन्न राजनीतिक दलहरूका उम्मेदवारी बिच अन्तरक्रिया गर्ने उद्देश्य अनुरूप सुरुवात गरिएको यस जागरण अन्तरक्रिया निकै नै प्रभावशाली रहने जागरण अभियानका अभियान्ता विक्रम कोइरालाले बताए ।






