काठमाडौं, माघ १५ । अफवाह फैलाएको आरोपमा पक्राउ परेका युवराज पौडेल छुटेका छन्।
उनी बुधबार साँझ हाजिर जमानीमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए।
सफलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारी लक्षित गरी नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनखेन गरी मुद्दा फिर्ता लिने गरेको आरोप छ।



