काठमाडौं, माघ १३ । भारत सरकारले नेपाल सरकारलाई गाडी सहयोग गरेको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ।
माघ ६ गते सिंहदरवारस्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको थियो। अहिले ती गाडीलाई सिंहदरबारस्थित गृह मन्त्रालय अगाडि राखिएका छन्।




