काठमाडौँ, माघ १२ । रास्वपाकी समानुपातिक सांसदकी उम्मेदवार रिमा विश्वकर्माले चुनावी प्रचारप्रसारको क्रममा गरेको भाषणको एउटा अंश सोमबारदेखि सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ।
चुनाव प्रचारप्रसारका निम्ति स्याङ्जा पुगेकी उनले भाषणको क्रममा त्यहाँका जनताले बहुमतका साथ रास्वपाका उम्मेदवारलाई जिताए, चुनावपछि रवि र बालेन्द्रलाई उक्त क्षेत्रमा ल्याउने वाचा गरेकी थिइन्। ‘म यहाँहरूलाई यसै ठाउँबाट यसै समयमा एउटा वाचा गर्न चाहन्छु। स्याङ्जाको क्षेत्र नं १ र २ बाट तपाईंहरूले हामीलाई बहुमतका साथ विजयी गराउनु भयो भने पार्टीका सभापति रवि लामिछाने र देशका प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई स्याङ्जामा ल्याउने वाचा मैले अहिले नै गरेँ,’ उनले भनेकी थिइन्।




