काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महेन्द्र पाण्डेले पार्टीले नेता कबिन्द्र बुर्लाकोटीलाई भोट दिने होइन गाउँगाउँबाट लखेट्न अपील गरेका छन्। गोरखा निर्वाचन क्षेत्र नं। २ बाट उम्मेदवारी दिएका बुर्लाकोटीले टिकट वितरणलाई कमाउँ धन्दा बनाएको बताउँदै पाण्डेले कारवाहीको गर्न आग्रह समेत गरे।
शुक्रबार पत्रकार सम्मेलन गर्दै पाण्डेले रास्वपा छोडेको घोषणा गर्दै भने, ‘रास्वपामा इमान्दार र निष्ठावान कार्यकर्ताको भविश्य छैन, कबिन्द्र बुर्लाकोटी, शंकर श्रेष्ठजस्ता व्यक्तिले निलो क्रान्तिलाई कमाउँ धन्दा चलाएका छन्, अब यो पार्टीमा हामीजस्ता निष्ठावानहरुको भविष्य छैन।’
टिकट वितरणलाई पैसा असुल्ने माध्यम बनाएको बताउँदै पाण्डेले मोटो रकम दिन सक्नेलाई मात्रै टिकट वितरण गरेको भन्दै रास्वपा हुँदा खानेको नभएर हुनेखानेको पार्टी भएको बताए।




