राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रह गरेपछि बाबुरामले लिए उम्मेदवारी फिर्ता

`

     २०८२ माघ १० गते १:५७

काठमाडौँ, माघ ९ । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन्।

भट्टराईले गोरखा क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट उम्मेदवारी दिएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रह गरेपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन्। गोरखा-२ बाट रास्वपाले पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?