काठमाडौं, माघ ९ । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने भएको छ।
कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरेर मधेस सभा गर्न लागिएको पार्टीका एक पदाधिकारीले जानकारी दिए।
त्यसका लागि आजको केन्द्रीय समितिमा छलफल भई निर्णय हुनेछ। कांग्रेसले चुनावकेन्द्रित सभाहरू गर्ने तयारी गरेको छ।
सभापति गगन थापासहित नेताहरू माघ ११ गते मधेस जानेछन्।




