राप्रपा उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

`

     २०८२ माघ ०९ गते १:४५

काठमाडौँ, माघ ८ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-४ बाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र भण्डारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) को उल्लंघन गरी लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलक्षित घृणित अभिव्यक्ति दिएको तथा समाजमा भ्रम फैलाएको भन्दै उनीमाथि उजुरी परेको थियो । उजुरीमा तत्काल उम्मेदवारी खारेज गरी हदैसम्मको कारबाही गर्न पनि माग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?