ओलीको बालेन प्रति टिप्पणी :- सुकुम्वासी भत्काउने अरे, डोजर लगाउने अरे

`

     २०८२ माघ ०९ गते ११:१०

काठमाडौं, माघ ७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाका सुकुम्बासीहरू पनि डराउन थालेको बताएका छन्।

बुधबार राष्ट्रिय युवा संघ क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ झापाको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापाका केही स्थानीयहरू डराउन थालेको बताएका हुन्।

‘सुकुम्बासी साथीहरुले भन्दै थिए, सुकुम्बासी भत्काउने अरे, डोजर लगाउने अरे । कोको मान्छे पो आएका छन् भनेर डर लाग्यो भन्दै थिए,’ उनले भने।

ओलीले नयाँ भन्दा भोट मात्रै खेर जान्छ भन्ने कुरा ०६४ मै पुष्टि भएको पनि बताए।

‘०६४ देखि न एक सिन्का विकास भयो। न जनतासँग सम्पर्क छ, न एउटा कुनै वरको सिन्को पर सर्दैन, सिन्को भाँचिदैन,’ उनले भने,’ नयाँको स्वाद यस्तो तीतो, यस्तो अमिलो, न जिब्रो पखाल्दा जान्छ, न अरु केही गर्दा’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?