काठमाडौँ, माघ ६ । जय मातृभूमि पार्टीका युवा नेता एवं समाजसेवी राजन पुरी काठमाडौँ निर्वाचन क्षेत्र न ४ बाट चुनावी मैदानमा उत्रिएका छन् । आगामी फाल्गुन २१ गते हुने निर्वाचनको लागि मातृभूमि पार्टीका तर्फबाट उनले काठमाडौँ क्षेत्र न ४ मा उम्मेदवारी दर्ता गराएका हुन् ।
आमा चुनाव चिन्ह लिई निर्वाचनमा होमिएका नेता राजन पूरी निकै लामो समयदेखि विभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न रही आएका छन् । आगामी निर्वाचनमा निर्वाचित भए पश्चात् युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने तर्फ आफ्नो जीवन समर्पण गर्ने कुरा युवा उद्यमी समेत रहेका नेता पुरी बताउँछन् ।




