काठमाडौँ, माघ ६ । सहकारी ठगी मुद्दामा पर्सा जिल्ला अदालतको आदेश अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक करोड बैंक ग्यारेन्टी बुझाएका छन्।
केहीवेर अघि बैंक ग्यारेन्टी बुझाएर लामिछाने निस्किएका अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए।
जिल्ला न्यायाधीश रूद्रप्रसाद सुवेदीको मंगलवारको इजलासले उनीसँग एक करोड रूपैयाँ धरौटी माग गरिएको थियो। उनी धरौटी बुझाएर चितवनमा उम्मेदवारी दर्ता गर्न हिँडेका छन्।




