काठमाडौँ, ६ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट सुदन गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार दिउँसो जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताका लागि गुरुङ र्यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।




