काठमाडौं, माघ ६ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उक्त जानकारी दिएका हुन्।
शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु, उनले भनेका छन्।
पूर्वसभापति देउवाले डडेल्धुराबाट चुनाव लड्न टिकट मागिरहेका थिए, तर कांग्रेसले दिन मानिरहेको थिएन।




