सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्‌मा जान्छु

`

     २०८२ माघ ०६ गते ४:४१

काठमाडौं, माघ ५ । रास्वपा सभापति रवि लामिछानेले आफू सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने दाबी गरेका छन् ।

सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यसअघि आफू सबैभन्दा धेरै भोट ल्याउने सांसद बनेको र अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने जिकिर गरे ।

‘हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु,’ उनले भने ।

आफू प्रत्येक दिन मेरो टाउकोमा लागेको मुद्दाका कारण कुनै न कुनै अदालतमा जानपरेको भन्दै गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?