काठमाडौं, माघ ५ । खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्।
उनले आइतबार राति नै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको बताए।
उनी सिराहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारी गरिरहेको भए पनि टिकट पाइनसकेको बताए।




