काठमाडौं, माघ ४ । नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आधिकारिकता प्रदान गरेपछि शेरबहादुर देउवा पक्षधर नेताहरूले सो निर्णयलाई अवैधानिक र दुराशयपूर्ण भएको भन्दै सडक प्रदर्शनमा उत्रिएका छन् ।
आयोगको निर्णयपछि देउवा पक्षले शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसि निर्णयलाई अस्वीकार गरेको छ । बैठकले आयोगको कदम संविधान, कानून र पार्टी विधानविपरीत भएको ठहर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।
यसअघि शुक्रबार आयोगको निर्णय सार्वजनिक भएलगत्तै देउवा पक्षका कार्यकर्ताहरू आयोग परिसरमा विरोध प्रदर्शनमा उत्रिएका थिए ।




