रास्वपा केन्द्रीय कार्यालयमा रातभरि धर्ना

`

     २०८२ माघ ०४ गते १०:३८

काठमाडौँ, माघ ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरु शुक्रबार दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालयमा धर्नामा छन् ।

उनीहरू पार्टीले बनाएको समानुपातिक सूचीमा कर्णालीको प्रतिनिधित्व नभएको र टासी ल्हाजोमको नाम सूचीबाट हटाइएको विषयमा नेतृत्वको ध्यानाकर्षण गराउन धर्नामा बसेका हुन् ।

कर्णाली प्रदेश समिति सदस्य बुधे बुढाले १४ जनाको समूह रातभरि नै पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बसेको बताए । उनीहरु शनिबार बिहानसम्म पनि उनीहरु धर्नामा नै छन् ।

‘टासी ल्हाजोमलाई समानुपातिकमा जनजाति क्लस्टरबाट एक नम्बरमा राखिएको थियो । उहाँले फिर्ता नलिँदासमेत पार्टी आफैंले नाम झिकिदिएछ,’ उनले भने, ‘समानुपातिकमा कर्णालीको प्रतिनिधित्व पनि छैन । त्यसकारण नेतृत्वको ध्यानाकर्षण गराउन हामी यहाँ रातभर जागराम बस्यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?