कांग्रेसले गगन–विश्वप्रकाशलाई कांग्रेसबाट निकाल्यो

`

     २०८२ माघ ०१ गते ३:४७

काठमाडौँ, ३० पुस । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहममन्त्री फर्मुला मनसुर लगायतलाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्काशनको घोषणा गरेको हो ।

बैठकले उनीहरुलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?