रविका मुद्दा फिर्ता लिन चलखेल भएको दाबीसहित महान्यायाधिवक्ताविरुद्ध अख्तियारमा उजुरी

`

     २०८२ माघ ०१ गते ३:१८

काठमाडौं, पुस ३० । रास्वपा सभापति रवि लामिछानेविरुद्ध अदालतमा दर्ता भएका मुद्दा फिर्ता लिन गोप्य चलखेल भएको दाबीसहित महान्यायाधिवक्ता सविता भण्डारीमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपसहित काठमाडौंलगायत पाँचवटा जिल्ला अदालतमा मुद्दा चलाइएका लामिछानेविरुद्धका अभियोग फिर्ता लिन गोप्य चलखेल भएको आरोप लगाउँदै छानबिनको माग राखेर बुधबार (पुस ३०) सिन्धुलीका युवराज सफल (पौडेल) ले अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।

उजुरीको दर्ता नम्वर ‘सी ०३८६१८’ रहेको छ । उजुरीमा लामिछानेका मुद्दा फिर्ता गराउन महान्यायाधिवक्ता भण्डारीले ‘विचौलियाहरूसँग गोप्य भेटघाट’ गरी आर्थिक लेनदेन गरेको दाबी समेत सफलले उजुरीमा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?