काठमाडौं, पुस ३० । नेपाली कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी परेको छ।
बिहान ११ बजे सकिएको मनोनयन दर्ता अनुसार सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी परेको एक नेताले जानकारी दिएका छन्।
त्यस्तै महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्रै उम्मेदवारी परेको छ।
सहमहामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। कांग्रेसमा ८ जना सहमहामन्त्री रहनेछन्।



