परिवर्तन गर्न कर्मचारी र जनता नै एक हुनुपर्ने मन्त्री खरेलको जिकिर

`

     २०८२ पौष २९ गते ४:३६

काठमाडौं, पुष २९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जनतामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनमा पुगेका उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै जेनजी आन्दोलन र परिवर्तित सन्दर्भमा राष्ट्र सेवक हुँ भन्ने अनुभूति जनतालाई दिलाउने गरी काम गर्न कर्मचारीहरूलाई सचेत गराए ।

‘सरकारी कर्मचारी, सबै राष्ट्र सेवक कर्मचारीहरुलाई म के भन्छु भने–जनतालाई परिवर्तनको अनुभुति हाम्रा सरकारी कार्यालयहरुबाटै हुनुपर्छ । यतातिर हामी अगाडि बढ्यौँ भने कर्मचारी र जनता चाँही नङ–मासु हो, त्यो साच्चिकै हो । त्यो कुरा अझै स्थापित भएर जान्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?