माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस

`

     २०८२ पौष २८ गते ३:०१

काठमाडौँ, २८ पुस । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?