हाम्रो देश कसैले बनाइदिँदैन, बनाइदियो भने पनि उसको त्यसमा स्वार्थ हुन्छ

`

     २०८२ पौष २७ गते ८:२७

काठमाडौँ, पुष २७ । नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिएका छन् ।

झापाको बिर्तामोडमा आइतबार आयोजित ‘इस्टर्न सहारा कम्पनी लिमिटेड’ को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अभिनेता हमालले मुलुक निर्माणमा सबैभन्दा ठूलो भूमिका नागरिकले नै राख्ने बताए ।

“हाम्रो देश कसैले बनाइदिँदैन, बनाइदियो भने पनि उसको त्यसमा स्वार्थ हुन्छ”, उनले भने, “अहिले सबैभन्दा ठूलो शक्ति कसैसँग छ भने त्यो जनतासँग हो ।’

देशमा केही भएन सरकारले केही गरेन भनेर गुनासो गर्नुभन्दा सरकारमा जानेहरु जनताबाटै अनुमोदित भएर जाने भएकाले त्यसको भागिदार जनता पनि हुने अभिनेता हमालको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?