निर्वाचनमा युवालाई उम्मेदवार बनाउने प्रचण्डको दाबी

`

     २०८२ पौष २७ गते ५:२७

काठमाडौँ, २७ पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेदवार बनाउने बताएका छन् । जेनजी रेडफोर्सले आयोजना गरेको आइतबार आयोजना गरेको जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उनले युवाहरुलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने बताएका हुन् ।

उनले समानुपातिकको बन्दसूचीमा पनि युवाहरुलाई प्राथमिकतामा राखेको र प्रत्यक्षतर्फ पनि युवा तथा जेनजी पुस्ताका नवयुवाहरुलाई उम्मेदवार बनाउने जानकारी दिए । पार्टीको केन्द्रीय समितिमा पनि युवाहरुको उपस्थिति बलियो बनाउने तयारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?