चालु आर्थिक वर्षको पुस अन्तिमसम्म ४३ अर्ब ६० करोड मात्र पुँजीगत खर्च

`

     २०८२ पौष २७ गते १:३६

काठमाडौँ, २७ पुस । चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा विकास बजेट ११ प्रतिशत पनि खर्च भएको छैन । अर्थ मन्त्रालयका अनुसार ४ खर्ब भन्दा बढीको पुँजीगत बजेट ल्याएको सरकारले पुष २६ गतेसम्ममा ४३ अर्ब ६० करोड खर्च भएको छ ।

यो विनियोजित बजेटको १०.६९ प्रतिशत हो । गत आ।व।को यही अवधीमा सरकारले ५३ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको थियो । जुन विनियोजित बजेटको १५.२१ प्रतिशत रहेको थियो । यसले गत वर्षको भन्दा पनि अहिले विकास बजेट खर्च निराशाजनक रहेको देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?