काठमाडौँ, पौष २५ । सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । आशिकाले काठमाडौँ क्षेत्र न
उनले पछिल्लो राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्ने वा नगर्ने विषयमा गम्भीर छलफल र आत्ममन्थनपछि सम्पूर्ण सरोकारवालासँगको प्रत्यक्ष संवाद, सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण र विशेष गरी जेनजी भाइबहिनीहरूसँग छलफलपछि यस्तो निर्णय गरेको बताएकी छन् ।
छलफलहरूबाट केही सकारात्मक सुझावहरू प्राप्त भए भने धेरै आलोचनात्मक तथा नकारात्मक दृष्टिकोण आएको बताउदै आशिकाले अनुभव र जनभावनालाई मनन गर्दै, दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै जिम्मेवार निर्णय हुने ठानेको उनले उल्लेख गरेकी छन् ।






