काठमाडौँ, पुस २४ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारबाट मतपत्र छाप्ने भएको छ । पहिलो चरणमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापिने आयोगले जनाएको छ ।
समानुपातिकतर्फ चुनावी प्रतिस्पर्धामा भाग लिने दलको संख्या टुंगिइसकेको छ । ५८ दलले आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । तीनै ५८ दलको निर्वाचन चिह्न राखेर मतपत्र तयार हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
यस पटक १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । कुल मतदाातको ५ देखि १० प्रतिशत संख्यामा बढाएर मतपत्र छापिनेछ ।




