हर्क साम्पाङ सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने

`

     २०८२ पौष २३ गते २:१७

काठमाडौँ, २३ पुस। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं–१ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?