१० दिन देखी इरानमा सरकार विरोधी प्रदर्शन, कम्तीमा ३६ जनाको मृत्यु

`

     २०८२ पौष २३ गते ११:१९

काठमाडौँ, २३ पुस । इरानमा हालैका दिनमा भएका सरकार विरोधी प्रर्दशनहरूमा दर्जनौँ मानिसको मृत्यु भएको छ । गएको १० दिनयता महँगी विरुद्ध देशभरमा भइरहेको विरोध प्रदर्शनमा कम्तीमा पनि ३६ जनाको मृत्यु भएको एचआरएएनए नाम गरेको मानव अधिकार समूहले बताएको हो । मर्नेमध्ये ३४ जना प्रदर्शनकारी भएको र २ जना सुरक्षा बलका मानिस भएको पुष्टि भएको बताइएको छ ।

इरानी अधिकारीहरूले अहिलेसम्म आधिकारिक रुपमा मर्नेको संख्या सार्वजनिक गरेको छैन । यद्यपि, तीन जना सुरक्षाकर्मीको मृत्यु भएको अधिकारीहरूले भनेका छन् । बीबीसी पर्सियनले यी मृत्युको पुस्टी गरेको छ ।

२० जना मृतकको पहिचान पनि गरेको छ । १० दिनयता ६० भन्दा धेरै प्रदर्शनकारी घाइते भएको र २ हजार ७६ जना समातिएको पनि बताइएको छ । आर्थिक सङ्कट र महँगीको विरोधमा इरानमा ३१ मध्ये २७ प्रान्तमा विरोध प्रदर्शन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?