काठमाडौं, पुस २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गैरसरकारी संस्था (एनजीओ)को एजेन्डा बोक्नेहरू एक ठाउँ जम्मा भएको टिप्पणी गरेका छन् । मंगलबार (पुस २२) पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उनले केही पार्टीहरूबीचको एकतालक्षित यस्तो टिप्पणी गरेका हुन् ।
“कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन्,” ओलीले भने, “विकासको नाममा एनजीओको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ ।”




