विशेष महाधिवेशन हुन्छ : विश्वप्रकाश शर्मा

`

     २०८२ पौष २१ गते १०:२६

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण विभाजित नहुने बताएका छन् । विभाजित हुन लागेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला महामन्त्री शर्माले पार्टी पंक्तिलाई विश्वत हुन भनेका हुन् ।

शर्माले भने, ‘विशेष महाधिवेशन हुन्छ। पार्टी विभाजन हुँदैन।’ विधान अनुसार माग भएको विशेष महाधिवेशन हुँदा विभाजित नभई थप मजबुत हुन बल पुग्ने बताए।

पुस २७ र २८ गते हुने गरी विशेष महाधिवेशनको प्रचार गरिएको छ। विशेष महाधिवेशनको लागि भृकुटीमण्डपको हल बुकिङ गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?