आयोगले ओलीलाई बयानका लागि पत्र काट्ने

`

     २०८२ पौष १७ गते २:५४

काठमाडौं । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनको बिषयमा एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताएका हुन् ।

‘ओलीलाई बोलाउने क्रममा छौं,’ कार्कीले भने ।

आयोगले बोलाउदा ओली उपस्थित नभए के गर्नुहुन्छ ? भन्ने प्रश्न सञ्चारकर्मीले गरेका थिए ।

सो क्रममा कार्कीले जवाफमा भने, ‘आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ । अब हामी उहाँलाई चिठि काट्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?