काठमाडौं, पुस १६ । रोजगार अनुमति प्रणाली(इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले ग्वार्को स्थित इपिएस कार्यालयमा विरोध प्रदर्शन गरेका छन्।
भाषा पास गरेर रोस्टरमा वर्षदिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको गुनासो उनीहरूको छ।
इपिएस अन्तर्गत भाषा तथा सीप परीक्षा पास गरेर सिधै कोरिया जान पाइँदैन। रोजगारदाताको छनोटमा परेपछि मात्रै जान पाइन्छ। तर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे उनीहरूको नाम त्यहाँबाट हट्छ। कोरिया जानका लागि फेरि पनि भाषा परीक्षामा सामेल भएर उत्तीर्ण भएर रोस्टरमा बस्नुपर्ने हुन्छ।
जसकारण रोस्टरको अवधि बढाउनुपर्ने लगायत विभिन्न माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन्।




